मामाले चार वर्षीया भान्जी बलात्कार गरे
बैतडी, २२ भदौ । दार्चुलामा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बलात्कार गरेको आरोपमा धौलाकोट–४ का १८ वर्षीया प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो ।
सदरमुकाममा आमासँगै डेरामा बसेकी ती बालिकालाई धामीले आमा नभएको बेला बलात्कार गरेको बताइएको छ । धामी विरुद्घ दार्चुला जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धामी बलात्कृत बालिकाको मामा नाता पर्ने समेत खुल्न आएको छ । रासस/नेपालीसमाचार
मामाले चार वर्षीया भान्जी बलात्कार गरे
Reviewed by Google Girl
on
1:38:00 PM
Rating:
No comments: