Top Ad unit 728 × 90

News
News

नेपाल वायु सेवाको विमानको टायर पडि्कएको र पखेटा नखुले पछी भारतको इन्दिरा गान्धी विमानस्थलमा आकष्मिक अवतरण

२७ भदौ, काठमाडौं । दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमान आकस्मिक अवतरण गरिएको छ ।
१६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा समस्या आएको थियो । उडान भरेको ३२ मिनेटमै विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको थियो । विमानमा समस्या आउने वित्तिकै पाइलटले दिल्ली एयर ट्रफिक कन्ट्राेलमा जानकारी गराएका थिए । त्यसपछि विमानलाई फर्काएर इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको रन वे २८ मा अवतरण गराइएको थियो । विमानको पखेटा नखुलेपछि विमानको अवतरण गरिएको थियो । अवतरण गर्ने क्रममा विमानको टायर पडि्कएको जनाइएको छ । विमानका चालक दल र सबै यात्रुहरु सकुशल रहेको अधिकारीहरुले जनाएका छन् ।
नेपाल वायु सेवाको विमानको टायर पडि्कएको र पखेटा नखुले पछी भारतको इन्दिरा गान्धी विमानस्थलमा आकष्मिक अवतरण Reviewed by Google Girl on 7:57:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.