Top Ad unit 728 × 90

News
News

चलचित्र ‘छक्का पञ्जा’ हेर्न नेकपा एमालेका नेताहरुको लर्को

काठमाडौँ– आइतबार राजधानीको एक हलमा हास्य कलाकार दिपाश्री निरौला निर्देशनमा बनेको ‘छक्का पञ्जा’ चलचित्र हेर्न नेकपा (एमाले)का नेताहरुको लर्को लागेको छ । पुर्वप्रधानमन्त्री त्रेय केपी शर्मा ओली, झलनाथ खनाल र माधव कुमार नेपालसंगै अमृत बोहोरा र निरु पाल लगायत अन्य नेता कार्यकर्ताले समेत चलचित्र छक्कापञ्जा हेरे । चलचित्र हलमा साँझ ५ बजे प्रवेश गरेका एमाले नेताहरुले पुरै समय हलमा बसेरै चलचित्र हेरेका थिए ।चलचित्र हेरेपछि पुर्वप्रधानमन्त्री द्वय केपी ओली र झलनाथ खनालले चलचित्र हास्यप्रधान र सन्देशमुलक रहेको र चलचित्र राम्रो लागेको प्रतिकृया दिए ।नेता ओलीले चलचित्रको सिनेमेट्रोग्राफीको खुलेरै प्रशंसा गरे । उनले ठट्यौली पारमामा भने ‘चलचित्र राम्रो छ ,चलचित्रमा भएको छक्का पञ्जाचाही नराम्रो ।गत शुक्रबारबाट राजधानीका मल्टिप्लेक्सलगायत देशभरका सिङ्गल थियटरमा लागेको यस चलचित्रको अहिले बजारमा सकारात्मक चर्चा छ । देशै भरका हलहरु हाउसफुल रहेको कलाकार दिपकराज गिरि बताउछन् । सानो पर्दाको हास्य विद्याबाट ठूलो पर्दामा डेव्यु गरेका दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, शिवहरी पौडेल, जितु नेपालका साथै नायक आर्यन सिग्देन र नायिका प्रियंका कार्कीलगायत कलाकारको अभिनय हेर्न सकिन्छ ।
चलचित्र ‘छक्का पञ्जा’ हेर्न नेकपा एमालेका नेताहरुको लर्को Reviewed by Google Girl on 12:48:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.